राजनीति
पोखरा महानगरपालिकाले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको छ ।
दक्षिण भारतीय फिल्म आदिपुरुषमा राखिएको सिता भारत कि छोरी हुन भन्ने संवादमा आपत्ति जनाउँदै काठमाडौं पछी पोखरा महानगरले पनि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाएको हो ।
पोखराका मेयर धनराज आचार्यले महनगर भित्र भएका हलहरुलाई पत्र पठाउँदै आदिपुरुषमा राखिएको सिता भारत कि छोरी हुन भन्ने संवाद नहटाए सम्म भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन निर्देशन दिएका हुन ।
काठमाडौं महानगरका हलहरुमा पनि आज देखि भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउन निर्देशन दिइएको छ ।