logo आइतबार, कार्तिक २३ २०८३ | Sunday 8th November 2026

तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु


  • राजनीति
  • मंगलबार, असार ५ २०८०

तनहुँमा पहिरोमा पुरिएर दुई मजदुरको मृत्यु भएको छ ।

जिल्लाको म्यादे गाउँपालीका- १ गुणादेमा सोमबार साझ पहिरोमा पुरिएर घाइते भएका दुई मजदुरको मृत्यु भएको हो । मृत्यु हुनेमा झापाका भीम भुजेल र उदयपुरका बलबहादुर राई रहेको जिल्ला प्रहरी कार्याल तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार घाइते भएकामध्ये भीमको दमौली अस्पतालमा र बलबहादुरको पोखरामा उपचारका क्रममा मृत्यु भएको हो ।

पहिरोको ढिस्काले पुरिएर घाइते भएका झपाका कृष्ण लिङ्देलको दमौलीस्थित रत्नहरी अस्पतालमा उपचार भैरहेको र उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार