logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

अरुण भ्याली हाइड्रोपावरको विशेष साधारण सभा आज


  • राजनीति
  • बिहिबार, असार ७ २०८०

अरुण भ्याली हाइड्रोपावरको विशेष साधारण सभा आज (असार ७ गते) बस्दैछ । सभा मैत्री हल, इन्द्रेणी कम्प्लेक्स नयाँ बानेश्वर काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सभामा १००% हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पेश हुँदैछ । विशेष सभा प्रयोजनका लागि जेठ ३० गते बुक क्लोज गरीसकेको छ । यसर्थ, जेठ २९ गतेसम्म कायम सेयरधनी मात्र कम्पनीको सभामा भाग लिन सक्नेछन् ।

सभामा हकप्रद सेयर निष्कासन पश्चात कम्पनीको अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र पथा नियमावली संशोधन गर्ने एजेन्डा पनि छ । कम्पनीले यसअघि नै १००% हकप्रद सेयर जारी गर्न विद्युत नियमन आयोगबाट पूर्वस्वीकृति पाएको छ । हाल अरुण भ्यालीको चुक्ता पुँजी १ अर्ब ८६ करोड ७९ लाख ६२ हजार ६०० रुपैयाँ रहेको छ ।

कम्पनीले सोही पुँजीमा १००% हकप्रद सेयर जारी गर्न लागेको हो । हकप्रद सेयरबाट प्राप्त रकममध्ये ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ ३० मेगावाटको लिखु खोला जलविद्युत आयोजना निर्माणका लागि पीके हाइड्रोपावर प्रालिको संस्थापक सेयरमा लगानी गर्ने कम्पनीले जानकारी गराएको छ ।

यस्तै, अरु बाँकी ९३ करोड ३९ लाख ८१ हजार ३०० रुपैयाँ भने हाल सञ्चालनमा रहेको काबेली–१ क्यास्केड जलविद्युत आयोजनाको निर्माण गर्दा बैंकहरुबाट लिएको ऋण भुक्तानी गर्न प्रयोग हुनेछ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार