राजनीति
जेठी श्रीमती हुँदाहुँदै दोस्रो विवाह गर्न खोज्ने एक जनालाई प्रहरीले झापाको गौडादहबाट नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सुनसरी, इटहरी– १९ का साजन चौधरी रहेको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । गौदाह– २ झापाकी एक युवतिसँग विवाह गरी अन्माउने क्रकमा प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
जेठी श्रीमतीको उजुरीको आधारमा चौधरीलाई विवाहमण्डपबाटै पक्राउ गरेको प्रहरीले जनाएको छ । बेहुला पक्राउ परेपछि भने जन्तीको बिचल्ली भएको थियो ।
पक्राउ परेका चौधरीलाई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक मनोजकुमार लामाले बताए ।