राजनीति
काठमाडौं महानगरपालीकाका मेयर बालेन्द्र शाहले अदालतको अपहेलना गरेको भन्दै सर्वाेच्च अदालतमा उजुरी दर्ता भएको छ ।
अधिवक्ता वर्षा कुमारी झाले मेयर बाहविरुद्ध अदालतको अपहेलनामा कारबाही हुनुपर्ने माग सहित निवेदन पेस गरेकी हुन् ।
उनले पेस गरेको निवेदन न्यायाधीश प्रकाशकुमार ढंगानाको एकल इजलासमा पेसी तोकिएको छ । इजलासले आवश्यक ठानेर निवेदन अगाडी बढाएमात्रै त्यसले मुद्दाको रुप लिनेछ ।
केही दिन अघि मेयर शाहले भारतीय फिल्म प्रदर्शन गर्न नदिने आफ्नो निर्णयविरुद्ध अन्तरिम आदेश जारी भएपछि उच्च अदालत पाटनको आलोचना गर्नुको साथै राष्ट्रीयताको विषयमा अदालतको आदेश पनि नमान्ने अभिव्यक्ति दिएका थिए ।