logo शुक्रबार, कार्तिक २१ २०८३ | Friday 6th November 2026

भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख बिष्टसहित १२ जनाविरुद्ध भ्रष्टाचार मुद्दा


  • राजनीति
  • आइतबार, असार १० २०८०

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिकाका पूर्व नगरप्रमुख सुरेन्द्र बहादुर बिष्टसहित २ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

भीमदत्त नगरपालिकाले आ.व. २०७७/०७८ मा प्राकृतिक स्रोतबाट (नदीजन्य) प्राप्त हुने आयको ठेक्कामा बोलपत्रको सम्झौता अनुसार प्राप्त गर्नुपर्ने आयमा कन्स्ट्रक्सन प्रा.लि. लाई नियम विपरित छुट दिएको भन्ने उजुरी निवेदन सम्बन्धमा अनुसन्धान हुँदा नगरपालिकाका पूर्वप्रमुख सुरेन्द्र बहादुर बिष्ट, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत पुष्कर प्रसाद भट्ट र तत्कालीन नि. प्रमुख प्रशासकीय अधिकृत हरिदत्त जोशीले राजस्व चुहावट गरेको प्रमाणी भएको दाबी गर्दै अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो ।

विष्टसहित उनीहरुविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ७ को खण्ड (क) र (खं बमोजिमको कसुरमा तीन करोड तेत्तीस लाख बाइस हजार पाँच सय त्रियासी रुपैयाँ एक पैसा विगो दाबी गरी आइतबार विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता गरेको अख्तियारका प्रवक्ता भोला दाहालले विज्ञप्तिमाफर्त जानकारी दिएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार