राजनीति
काठमाडाैं – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को दिल्ली दाैड एकपछि अर्को गर्दै रहस्यमय बन्दै गएको छ ।
दिल्लीमा इण्डिया फाउण्डेसनले आयोजना गर्ने ‘पाँचौँ इन्डिया आइडिया कन्क्लेभ–२०१८’को उद्घाटनमा जाने भनिएपनि उनी नेपालको राजनीतिमा कुनै परिवर्तन हुने संकेत देखा परेको स्रोतको दावी छ ।
सत्तारुढ दल भारतीय जनता पार्टीका महासचिवसमेत रहेका फाउण्डेसनका अध्यक्ष राम माधवले पठाएको विशेष निम्तोलाई स्विकार गर्दै उनी त्यसतर्फ जान लागेको भनिएपनि भारतको सत्तारुढ दलसंग सरकार परिवर्तन लगायत पार्टीको भावी भविष्यका बारेमा छलफल गर्न प्रचण्ड दिल्ली पुगेको स्रोतको दावी छ ।