राजनीति
मोरङमा ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको आरोपमा एक जना युवक पक्राउ परेका छन्
पक्राउ पर्नेमा बेलबारी नगरपालिका-१ डेरा गरी बस्ने सुनसरी घर भएका १७ वर्षीय किशोर रहेका छन् । उनलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
बेलबारी नगरपालिका-१ लोहन्द्र खोलाको बगरको खोल्सीमा ती महिलालाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा उनलाई पक्राउ गरेको ईलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।