राजनीति
न्यायपरिषद्को बैठक आज बस्ने भएको छ ।
सर्वोच्च र उच्च अदालतका न्यायाधीश नियुक्त गर्नको लागि बैठक बस्न लागेको हो । यस अघि सोमबार बसेको बैठक न्यायाधीश नियुक्ति बारे कुनै निर्णय नगरी सकिएको थियो ।
प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको अध्यक्षतामा बस्ने आजको न्यायपरिषद्को बैठकले न्यायाधीश नियुक्त गर्ने सम्भावना रहेको छ ।
सर्वोच्चमा ६ र उच्चमा ४१ न्यायाधीश रिक्त छन् ।