logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

प्रतिनिधिसभाबाट बजेट बहुमतले पारित


  • राजनीति
  • बुधबार, असार १३ २०८०

प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्ष ०८०/०८१ को बजेट बहुमतले पारित भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले मत विभाजनको माग गरेपछि मत विभाजनमार्फत बजेट पारित भएको हो ।

बजेटको पक्षमा १४७ र विपक्षमा १०८ मत परेको छ । बुधबारको बैठकमा २५५ जना सांसद उपस्थित थिए । बजेटको पक्षमा सत्तारुढ कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एकीकृत समाजवादीलगायतले मत दिएका थिए ।

बजेटको विपक्षमा प्रमुख प्रतिपक्षी दल (नेकपा) एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले मत दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार