राजनीति
नेपाली कांग्रेस कोशी प्रदेश संसदीय दलका नेता उद्धव थापाले मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई विश्वासको मत नदिने बताएका छन् ।
प्रदेशसभा सचिवालयमा बिहिवार पत्रकारहरुसँग कुरा गर्दै नेता थापाले आवश्यक परे मध्यावधि चुनावमा जाने तर कार्कीलाई विश्वासको मत नदिने बताए ।
उनले भने, “मुख्यमन्त्रीलाई विश्वासको मत दिँदैनौं । प्रदेश मध्यावधिमा गयो भने फेस गरौंला । मध्यावधिमा जानु ठुलो कुरा भएन् । मुख्यमन्त्रीलाई मत नदिने विषयमा चार दल (कांग्रेस, माओवादी केन्द्र, जसपा र एकीकृत समाजवादी) बीच सहमति भएको छ । त्यो सहमति पालना हुन्छ । त्यसमा कुनै शंका गर्नु पर्दैन् ।”
उनले जनताको जनमत नै अलि असहज खालको प्राप्त भएकाले यो अवस्था आएको बताए । मध्यावधिमा प्रदेशलाई जान नदिन आफुहरु प्रयासरत रहेको उनले बताए ।