logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

कोशी प्रदेश प्रमुख खापुङले गरे नयाँ सरकार गठनका लागि आह्वान


  • राजनीति
  • आइतबार, असार १७ २०८०

कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन् ।

उनले नेपालको संविधानको धारा १६८ (२) अनुसार दुई वा दुई भन्दा बढी दलको समर्थनमा ५ दिन भित्र मिलिजुली सरकार गठन गर्नका लागि आइतबार साँझ आह्वान गरेका हुन् ।

प्रदेशमा हिक्मतकुमार कार्की नेतृत्वको सरकार गत शुक्रबार ढलेको थियो । त्यसपछि कानुनी परामर्शमा रहेका प्रदेश प्रमुख खापुङले सरकार गठनको आव्हान गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार