राजनीति
राष्ट्रपति रामचन्द्र पौडेल उपचार लागी भारत जाँदा एयर एम्बुलेन्स र फर्किदा खेरिको नेपाल वायुसेवा निगमको भाडासहित ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागि परराष्ट्र मन्त्रालयले अर्थमन्त्रालयलाई पत्र पठाएको छ ।
परराष्ट्रले सोमबार अर्थलाई पत्र पठाउँदै चर्टर विमान र नियमित उडानका भाडावापत ५५ लाख २ हजार २७९ रुपैयाँ भुक्तानीका लागी आग्रह गरेको छ ।
पौडेललाई ६ बैशाख २०८० मा श्री एयरलाइन्सको चार्टर एयर एम्बुलेन्स मार्फत उपचारका लागी भारत लगिएको थियोे । उपचार गराएर भारतबाट फर्किदा राष्ट्रपति पौडेलसहितको टोली बैशाख १७ गते नेपाल वायुसेवा निगमको नियमित उडानबाट आएको थियोे ।
उपचार खर्चको विषयमा विवाद हुँदा यस अघि राष्ट्रपति कार्यालयले एक विज्ञप्ति जारी गरेर राष्ट्रपति पौडेलले भारतमा उपचारमा लागेको खर्च सरकारबाट नलिने चाहान व्यक्त गरेको जानकारी गराइएको थियोे ।