राजनीति
चर्चित गायक तथा संगीतकार रविन तामाङको निधन भएको छ ।
गायक रविनको बुढानिलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदि भगवती तामाङले बताएकी छन् ।
दर्जनौं गीत गाएका रविन अभिनयमा पनि उतिकै सक्रिय र लोकप्रिय थिए । चलचित्र चिसो एष्ट्रेको शिर्षक गीतमा पनि स्वर दिएका उनि रविन एण्ड द न्यू रेभोलुसन ब्याण्डका भोकलिष्ट पनि हुन ।
हाल उनको शवलाई पोष्टमार्टमका लागि महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल पुर्याइएको बताइएको छ ।