राजनीति
कोशी प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता उद्वव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले थापालाई बिहिवार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
आजै प्रदेश प्रमुख परशुराम खापुङ समक्ष थापाले ४७ जना प्रदेश सभा सांसदको समर्थनसहित मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए ।
निर्धारित समयभित्र थापा बाहेक अन्य दलबाट कसैले पनि दाबी पेश नगरेपछि प्रदेश प्रमुख परशुराम खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
थापाले गरिएको दाबी पेशमा सभामुखको पनि नाम समावेश गरिएको छ ।
थापाको पक्षमा कांग्रेसका साथै माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादीका सांसदहरूले हस्ताक्षर गरेका छन् ।
केहिदिन अघि माओवादी केन्द्र र जसपाले समर्थ फिर्ता लिएपछि अल्पमतमा परेका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत प्राप्त गर्न नसकेपछि उनि पदमुक्त भएका थिए ।
कार्की पदमुक्त भएसंगै प्रदेश प्रमुख खापुङले आज सम्मको समय दिएर दलहरुलाई नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए ।