logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

पार्टीपंक्तिलाई संयमित र अनुशासित बन्न आह्वान गर्दै रविले भने : हामी सच्चिन तयार छौं


  • राजनीति
  • शनिबार, असार ३० २०८०

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टीपंक्तिलाई संयमित, शिष्ट र अनुशासित बन्न आह्वान गर्दै आलोचकहरुलाई समेत संयमित र मर्यादित भएर आलोचना गर्न आग्रह गरेका छन् ।

शनिबार बूढानीलकण्ठ नगरपालिकामा आयोजित पार्टीको नगरभेलालाई सम्बोधन गर्दै लामिछानेले आफुहरु सच्चिन तयार रहेको बताए ।

उनले भने, “हामी गाली र आलोचना ग्रहण गर्न तयार छौँ । सप्रीने र सच्चिने यसरी नै हो । तर, मर्यादित र अनुशासित भएर टिप्पणी गरिदिनुहोस ।”

लामिछानेले रास्वपाका नेता तथा सांसदहरूको अभिव्यक्तिको गलत व्याख्या नगरिदिन सञ्चार्कर्मीहरुसँग आग्रह गर्दै हरेक कालखण्डमा भएका भ्रष्टाचारका फाइल खोल्न सरकार तयार रहे रास्वपाले साथ दिने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार