logo मंगलबार, कार्तिक १८ २०८३ | Tuesday 3rd November 2026

ग्यास र पेट्रोलियम पदार्थको मूल्य घट्यो


  • राजनीति
  • आइतबार, असार ३१ २०८०

नेपाल आयाल निगमले खाना पकाउने एलपी ग्यास र पेट्रोलियम पदार्थको मुल्य घटाएको छ ।

आज रातिदेखि लागू हुने गरी निगमले खाना पकाउने ग्यासको मुल्य प्रति सिलिन्डर १० रुपैयाँले घटाएको हो ।

ग्यासको मूल्य अब प्रतिसिलिण्डर १७९० रुपैयाँ पर्नेछ । त्यस्तै पेट्रोलको मूल्य प्रतिलिटर ६ रुपैयाँ घटेको छ । पेट्रोलको मूल्य अब उपत्यकामा प्रतिलिटर १६४ रुपैयाँ कायम भएको छ भने ठाउँअनुसार फरक फरक दर कायम भएको छ ।

डिजलको मूल्य प्रतिलिटर ४ रुपैयाँ घटेको छ । अब उपत्यकामा डिजेलको मूल्य प्रतिलिटर १४६ रुपैयाँ पर्नेछ ।
यसैबीच निगमले पेट्रोलियम पदार्थमा स्वचालित मूल्य प्रणाली लागू गरेको छ ।

अब भारतबाट मूल्य बढेर आउँदा नेपालमा पनि मूल्य बढ्नेछ भने घटेर आउँदा घट्नेछ ।

भारतीय आयल कर्पोरेसन आईओसीको ३१ अर्ब बक्याैता रकम भुक्तानी गरेसँगै निगमले इन्धनको मूल्यमा स्वचालित प्रणाली लागू गरेको हो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार