logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

सुन जोख्न राष्ट्र बैंक पठाइयो


  • राजनीति
  • बिहिबार, साउन ४ २०८०

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भन्सार जाँचपास भएर बाहिरीसकेपछि बरामद भएको सुन जोख्न राष्ट्र बैंक पठाइएको छ । राजश्व अनुसन्धान विभागले सुन जोख्न बबरमहलस्थित राष्ट्र बैंकको टक्सार महाशाखामा पठाएको हो ।

मोटरसाइकल र स्कुटरको ब्रेक शुभित्र लुकाएर ल्याइएको सुन बुधबार भन्सार जाँच पास गरेर बाहिरिसकेको अवस्थामा सिनामंगलबाट राजश्व अनुसन्धान विभागको टोलीले बरामद गरेको थियो ।

बरामद सुनको परिमाण एकिन भइसकेको छैन । त्यसैले विभागले सुन जोख्न आज राष्ट्र बैंक पठाएको हो । अनुसन्धानमा संलग्न अधिकारीहरुले सुन करिब एक क्विन्टल हुन सक्ने अनुमान गरेका छन् ।

यो प्रकरणमा एक जना भारतीय नागरिकसहित ६ जना पक्राउ परेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार