राजनीति
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पुर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एकता र मेलमिलाप आजको आवश्यकता रहेको भन्दै संविधान कार्यान्वयनमा कांग्रेसको भुमिका उल्लेख्य रहेको जनाएका छन् ।
कांग्रेस पार्टी मुक्यालय सानेपामा आयोजित चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै प्रचण्डले बिपि कोइरालालाई सम्झदै उहाँले सुरुवात गरेको चियापान आज सबैका निम्ति एकता सद्बाव बाऊड्ने स्थान बनेको छ भने ।
अध्यक्ष प्रचण्डले भने, ‘राजनीतिक स्थिरताका लागि कांग्रेससँगै मिलेर शान्ति प्रक्रिया सम्भव भयो । अब सबै मिलेरै संविधानको कार्यान्वयन गर्नुपर्छ, त्यसपछि मुलुकमा समृद्धि आउँछ ।’
कार्यक्रममा पूर्वप्रधानमन्त्री एवम् कांग्रेस सभापति शेरबहादुर देउवाले चियापान विगतदेखिको परम्परा भएको बताउँदै यसले वीपीले प्रतिपादन गरेको मेलमिलापको नीतिलाई सहयोग गर्ने बताए । उनले मुलुकमा अहिले पनि मेलमिलापको नीति आवश्यक रहेको बताउँदै यसले आपसी सदभाव बढाउने बताए । उता चितवनमा काङ्ग्रेसको मतले मेयर बनेकी रेणु दाहाल पनि काङ्ग्रेसको चियापानमा सहभागी बनेकी हुन ।