logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै मुख्य दोषी हुन् : बामदेव गौतम


  • राजनीति
  • शनिबार, साउन ६ २०८०

पूर्वउपप्रधानमन्त्री एवं गृहमन्त्री बामदेब गौतमले सुन तस्करीमा कार्यस्थलका कर्मचारी नै मुख्य दोषी भएको बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै गौतमले सुन तस्करी प्रकरणमा मुख्य दोषी कार्यस्थका कर्मचारी हुने बताए । सुन तस्करले सबैतिर सेटिङ मिलाएर ल्याएकोले नै विमानस्थल पक्राउ नपरेको नेता गौतमको भनाई रहेको छ ।

उनले सुन तस्करीमा जाँच गर्दै जाँदा लहरो तान्दा पहरो गर्जने बाहेकका अनियमिततामा राजनीतिक व्यक्तिको संलग्नता हुन् नसक्ने बताए ।

उनले भने, “सुन तस्करीमा जाँचबुझ गर्दै जाँदा लहरो तान्दा पहरो गर्जिने जस्ता हाम्रा उखान छन् । प्रधानमन्त्री र मन्त्री भन्दा त्यहाँ खटेका कर्मचारी नै मुख्य दोषी छन् । यस्ता विषयमा अरुलाई जोड्नु हुँदैन ।”

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार