logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

नेपाल आएका चिनियाँ नेतासँग प्रधानमन्त्री प्रचण्डले गरे इटालीबाट भर्चुअल संवाद


  • राजनीति
  • आइतबार, साउन ७ २०८०

संयुक्त राष्ट्र सङ्घीय खाद्य तथा कृषि सङ्गठनको मुख्यालय इटालीको रोममा आयोजना गरिएको ‘युनाइटेड नेशन्स फुड सिस्टमस्–२०२३ स्टकिङ मोमेन्ट’मा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै इटालीको रोम पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाल भ्रमणमा आएका चिनियाँ कम्युनिस्ट पार्टीका नेतासँग सम्वाद गरेका छन् ।

आइतबार चिनियाँ कम्युनिस्ट पार्टीको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै नेपाल भ्रमणमा रहेका जियाजुनसँग इटालीबाट प्रधानमन्त्री प्रचण्डले कुराकानी गरेका छन् ।

प्रचण्डको सचिवालयले दिएको जानकारीअनुसार आइतबार दिउँसो ४ बजे प्रचण्ड र जियाजुनबीच भर्चुअल रूपमा कुराकानी भएको छ ।

उक्त भेटमा दुई देशको आपसी हितका विषयमा छलफल भएको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार