राजनीति
राष्ट्रपति रामचन्द्र पौडेलले मिटरब्याजसम्बन्धी विधेयक प्रमाणीकरण गरेका छन् ।
संघीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश भएको मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० लाई राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेका हुन् ।
पौडेलले उक्त विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
