राजनीति
रुकुम पश्चिममा पहिरो खस्दा दुईजनाको मृत्यु भएको छ । जिल्लाको बाँफिकोट गाउँपालिका- ७ बासथलास्थित पोखरी भिरमा पहिरो खस्दा घाँस काट्न गएका दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।
मृत्यु हुनेमा सोही स्थानकी ५४ वर्षीया धनमाया खत्री र ४४ वर्षीय कालिबहादुर खड्का रहेका छन् । आज दिउँसो ३ बजेतिर घाँस काट्न गएका उनिहरुको घटनास्थलमै मृत्यु भएको हो ।
प्रहरीका अनुसार पहिरोमा परेर बाफिकोट- ७ कै ४२ वर्षीया बल कुमारी खत्री घाइते भएकी छन् । उनलाई उपचारको लागी अस्पताल पठाइएको छ ।