राजनीति
लामो समय देखी ठुला सार्वजनिक कार्यक्रममा नदेखिएका नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ मंसिर ८ गते राजधानी काठमाडौको खुल्लामन्चमा देखिने भएका छन । पार्टी स्थापना दिवस तथा जनमुक्ति सेना दिवसको शन्दर्भमा आयोजना गरिएको जनसभामा विप्लवले सम्बोधन गर्ने बताइएको छ ।
उक्त समय भन्दा अगावै नेकपाले अनौपचारिक रुपमा भएपनी सरकार सग छलफल गर्न सक्ने अनुमान गरिएकोछ । नेकपा स्रोतका अनुसार पार्टीको एक तहको बसाइ बसिरहेको बताइएको छ । मंसिर ८ को कार्यक्रममा महासचिव विप्लव ले सम्बोधन गर्न बारे छलफल भएको र उहा आउने लगभग पक्का जस्तै भएको बताइएको छ ।
नेकपा सग अनौपचारिक कुरा भएको बताउदै आएको सरकारी टोलीले पनि विप्लव आउन सक्ने र कुनै असहज नहुने संकेत गरेको छ । लामो समय देखी नै राजधानी भित्र खुल्ला रुपमा नदेखिएका विप्लवको उपस्थित र सम्बोधनलाइ ब्यग्रताका साथ कुरेको बुझिएको छ । यता नेकपाले ८ को कार्यक्रमलाइ ब्यापक प्रचारप्रसार गर्दै आएको छ।
‘