logo बुधबार, कार्तिक १९ २०८३ | Wednesday 4th November 2026

रास्वपाले ‘मोबाइल क्लिनिक’ भन्दै चलाएको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई फिर्ता गर्‍यो


  • राजनीति
  • आइतबार, साउन २१ २०८०

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वृद्धवृद्धालाई टोलटोलमा गएर स्वास्थ उपचार गर्ने भनेर चितवनमा सञ्चालनमा ल्याएको ना २ ख ५६१९ नम्बरको एम्बुलेन्स पुरानो मेडिकल कलेज भरतपुरलाई नै फिर्ता गरेको छ ।

रास्वाप सभापति रवि लामिछाने चितवन निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित भएको एक सय दिन पुरा भएको अवसरमा रास्वपाले मेडिकल कलेजको एम्बुलेन्सलाई निलो रंगको बनाएर यही साउन १७ गतेदेखि मोबाइल क्लिनिकका रुपमा सञ्चालनमा ल्याएको घोषणा गरेको थियो ।

तर गैर कानूनी रुपमा रंग परिवर्तन गरेको र एम्बुलेन्स लेखेको मेटाएर मोबाइल क्लिनिक लेखेको भन्दै विवादमा परहेको थियो । विवाद पछि राष्ट्रिय स्वतन्त्र पार्टी बागमती स्वास्थ्य तथा जनसंख्या विभागका प्रमुख डा. मनोहर प्रधानले एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गरिएको बताए ।

अब उक्त एम्बुलेन्सको सट्टा अर्को भ्यानको व्यवस्था गरेर मोबाइल क्लिनिकको रुपमा चलाउने तयारी रास्वपाले गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार