logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

साइकल मन्त्री थिए गाडीमन्त्री भए


  • राजनीति
  • मंगलबार, कार्तिक २० २०७५

साइकलमन्त्रीका रुपमा चिनिने लालबाबु पण्डित ‘गाडीमन्त्री’मा परिणत भएका छन । पहिला मन्त्री हुदा केहि राम्रा काम गरेर चर्चामा आएका पण्डित अहिले आलोचना पात्रमा फेरिदैछन ।

सम्पत्ति विवरण बुझाउँदा सवारी साधनका नाममा एउटा साइकल मात्रै उल्लेख गरेका यिनै मन्त्रीको निवासदेखि सचिवालयसम्म गाडीको लस्कर छ ।

मन्त्री नहुँदा सार्वजनिक बस, टेम्पो तथा साइकल प्रयोग गरेका उनै पण्डितले पत्नीदेखि स्वकीय सचिव, निजी सचिव र कार्यकर्तासम्मलाई सरकारी गाडी उपलब्ध गराएको समाचारमा उल्लेख छ । उनको घरायसी काममा समेत सरकारी गाडी, इन्धन र चालक छन् ।

उनी मन्त्रालयले उपलब्धत्र गराएको फोर्डको सुविधायुक्त गाडीमा हुँइकिन्छन्, जसको चालक रमेश लम्साल छन् । यसबाहेक उनलाई गृह मन्त्रालयले बा २ झ १०७५ नम्बरको कार पनि दिएको छ । यो गाडी अधिकांश समय मन्त्रीकै निवासमा हुन्छ । मन्त्रीपत्नी विमला महतले मन्त्रालयकै नाममा रहेको बा १ झ ९८४७ नम्बरको गाडी प्रयोग गरिरहेकी छन् ।

 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार