राजनीति
उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले वर्तमान सत्ता गठबन्धन सरकारको स्थयित्वमा शंका गर्नुपर्ने ठाउँ नरहेको बताएका छन् ।
आइतबार नेपाल टेलरिङ व्यवसायी महासंघको राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उपप्रधानमन्त्री खड्काले वर्तमान सरकार नागरिकलाई सुशासनको प्रत्याभूति दिलाई भ्रष्टाचार नियन्त्रण गर्ने गरी काम गरिरहेकाले जनताको पूर्ण समर्थन पाइरहेको बताएका छन् । उनले सरकारको स्थयित्वमा कुनै आशंका नगर्न सबैलाई आग्रह गरे ।
सरकार मुलुकको आर्थिक अवस्था सुधारमा लागेकोले यसको परिणाम छिट्टै देखिने भन्दै उनले सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणलाई प्रथमिकतामा राख्दै आर्थिक सुधारको दिशामा अघि बढेको बताए ।