logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

ललिता निवास प्रकरण : माधव नेपाल र बाबुराम भट्टराईको बयान लिने सीआईबीको तयारी


  • राजनीति
  • आइतबार, साउन २८ २०८०

नेपाल प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरो (सीआईबी) ले ललिता निवास प्रकरणमा पूर्वप्रधानमन्त्रीद्वय माधव कुमार नेपाल र डा. बाबुराम भट्टराईको बयान लिने तयारी गरेको छ ।

बालुवाटारस्थित ललिता निवासको सरकरी जग्गा किर्ते गरी व्यक्तिको नाममा गराउने कार्यमा संलग्न कर्मचारी, जग्गा खरिद- बिक्री गर्ने र त्यस कार्यमा कुनै न कुनै रुपमा संलग्नहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको सीआईबीले सोही समयमा प्रधानमन्त्री रहेका नेपाल र भट्टराईको पनि बयान लिने भएको हो । यस प्रकरणमा अनुसन्धान अगाडि बढाइरहदा सर्वोच्च अदालतले सरकारमा बसेर निर्णय गर्ने पूर्वप्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई पनि छानबिनको दायरामा ल्याउन निर्देशनात्म आदेश दिएपछि सीआईबीले बयानका लागी बोलाउने तयारी गरेको हो ।

हाल युरोप भ्रमणमा रहेका माधवकुमार नेपाल स्वदेश फर्किएपछि नेपाल र भट्टराईको बयान लिने तयारी भएको प्रहरी निकट उच्च स्रोतले बतायो । स्रोतका अनुसार उनिहरुलाई पक्राउ नगरेर नै बयान लिने तयारी भैरहेको छ । युरोप भ्रमणमा रहेका नेपाल पनि आफ्नो भ्रमण छोट्यायर स्वदेश फर्किदैछन

हाल सीआईबीले ललिता निवास जग्गा प्रकरणमा २० जनालाई पक्राउ गरी बयान लिइरहेको छ । सीआईबी स्रोतका अनुसार हाल पक्राउ परेकाको बयान भैरहेकाले अन्य विषयमा के गर्ने भन्नेबारे निर्णय भैसकेको छैन ।

ललिता निवास प्रकरणमा सीआईबीले ४ सय जनाको संलग्नता रहेको भन्दै पक्राउ पूर्जी जारी गरेर खोजी कार्य जारी राखेको छ । जसमध्ये नेपाली कांग्रेका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदार, पूर्वमन्त्रीद्वयहरु चन्द्रदेव जोसी, डम्बर श्रेष्ठ र सञ्जय साह लगायतका अभियुक्तहरु फरार सूचीमा रहेका छन् ।

यस प्रकरणमा सीआईबीले भाटभटेनी सुपर मार्केटका सञ्चालक मीन बहादुर गुरुङ, पूर्वनिर्वाचन आयुक्त सुधीर कुमार शाह लगायतलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार