राजनीति
कक्षा १२ को नतिजा सार्वजनिक भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डको आज अपरान्ह ४ बजे बसेको बोर्डको बैठकले कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो ।
परीक्षा गत वैशाख २६ गतेदेखि सुरु भई जेठ ५ गते सम्पन्न भएको थियाे । देशभरका एक हजार चार सय ५७ परीक्षा केन्द्रबाट करिब चार लाख ६७ हजार तीन सय ८९ विद्यार्थी कक्षा १२ को परीक्षामा सहभागी भएका थिए ।
बोर्डका अनुसार यस वर्ष ५६ हजारभन्दा बढी विद्यार्थी ग्रेड वृद्धि परीक्षामा सहभागी भएका थिए ।
बोर्डका अनुसार नतिजा राष्ट्रिय परीक्षा बोर्डको वेबसाइट www.neb.gov.np र नेपाल टेलिकमको वेबसाइट www.neb.ntc.net.np मा गएर हेर्न सकिन्छ । त्यसैगरी एसएमएसबाट पनि नतिजा हेर्न सकिने छ ।
त्यसका लागि neb लेखेर एक स्पेस दिई आफ्नो सिम्बोल नम्बर टाइप गरी १६०० नं मा र नेपाल टेलिकमको १६०१ मा एसएमएस पठाएर पनि हेर्न सकिने छ ।
हेर्नुहोस यस्तो छ नतिजा:
