logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा अमेरिका जाँदै, उतैबाट असोज ४ मा चीन जाने


  • राजनीति
  • मंगलबार, साउन ३० २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अमेरिका भ्रमणमा जाने भएका छन् । आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सम्पादकहरुसँग भएको छलफलमा प्रधानमन्त्री प्रचण्डले आफु अमेरिका भ्रमणमा जान लागेको बताएका हुन् ।

प्रधानमन्त्री प्रचण्ड ३० भदौमा संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनको लागि न्युयोर्क जान लागेका हुन् । उनले आफुले संयुक्त राष्ट्रसंघको महासभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि जानकारी दिए ।

अमेरिका भ्रमण सकिएपछि प्रधानमन्त्री प्रचण्ड उतैबाट चीन जानेछन् । उनले अमेरिका भ्रमण सकेर आफु उतैबाट असोज ४ चीनको बेइजिङ जाने बताए ।

प्रधानमन्त्री प्रचण्डले बेइजिङमा चीनियाँ राष्ट्रपति सी जिनफिङसँग दुइपक्षीय वार्ता हुने बताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार