logo शनिबार, असोज ३ २०८३ | Saturday 19th September 2026

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता


  • राजनीति
  • बुधबार, साउन ३१ २०८०

राष्ट्रपति रामचन्द्र पौडेल र प्रमुख विपक्षी दलका नेता नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।

बुधवार शितलनिवासस्थित राष्ट्रपति कार्यालयमा भएको भेटमा संसदको अवरोध लगायतको विषयमा छलफल भएको एमाले अध्यक्ष ओली निकट स्रोतले बताएको छ ।

सुन तस्करी प्रकरणको अनुसन्धानको लागि उच्चस्तरीय छानबीन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि निरन्तर रुपमा संघीय संसदका दुवै सदन अवरोध गर्दै आएको छ । संसदको अवरोध हटाउको लागि सभामुख देवराज घिमिरेले तीन राजनीतिक दलका शिर्ष नेताहरुसँग छलफल गर्दा पनि निष्कर्षमा पुग्न सकेको छ ।

संसदको अवरोधको विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले यस अघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग पनि छलफल गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार