राजनीति
अवैध सुन तस्करी प्रकरणमा थप ४ जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बुधबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ( सीआइबी) को टोलीले थप ४ जना चिनियाँ नागरिकलाई पक्राउ गरिएको प्रहरीका केन्द्रीय प्रवक्ता कुबेर कडायतले जानकारी दिए ।
कडायका अनुसार उनिहरुमाथि अनुसन्धान गर्न आज अदालतबाट म्याद थप हुने छ । यस प्रकरणमा यस अघि १७ जना पक्राउ परिसकेका छन् ।
साउन ३ गते ब्रेक सु भनेर विदेशबाट ल्याइएको सुन राजश्व अनुसन्धान विभागले सिनामंगलबाट बरामद गरेको थियो । सुरुमा विभागले अनुसन्धान गरेको सुन प्रकरण हाल सिआइबीले अनुसन्धान गरिएको छ ।
बरामद गरिएको सुन मंगलबार गोलेर जोख्दा ६० केजी ७१६ ग्राम भएको छ ।