logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

काठमाडौं महानगरका सहकारी योजना आयोगका उपाध्यक्ष खड्काले दिए राजीनामा


  • राजनीति
  • बुधबार, साउन ३१ २०८०

काठमाडौं महानगरपालिकाका सहकारी योजना आयोगका उपाध्यक्ष तपेन्द्र खड्काले पदबाट राजीनामा दिएका छन् ।

कार्यपालिकाले नियुक्ति गर्ने योजना आयोगको उपाध्यक्षको कार्यकाल ५ वर्षको हुने भएपनि उपाध्यक्ष खड्काले एक वर्ष नपुग्दै राजिनामा दिएका हुन् ।

खड्का गत वर्षको पुस २६ गते नियुक्त भएका थिए । उनले पारिवारिक व्यस्तताको कारण देखाउँदै राजिनामा दिएको बताए ।

उपाध्यक्ष खड्काले लामो समयका लागि विदा मागेपछि राजीनामा दिन सुझाइएको महानगरपालिकाका मेयर बालेन शाहका स्वकीय सचिव भानुदेव शाहले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार