logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कोशीकी उपसभामुख काठमाडौंमा, संकटमा सरकार


  • राजनीति
  • सोमबार, भाद्र ४ २०८०

कोशी प्रदेशकी उपसभामुख सिर्जना दनुवार काठमाडौं पुगेकी छन् ।

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले आज विश्वासको मत लिने कार्यसूची रहेको छ । तर उपसभामुख दनुवार बैठक सञ्चालन नगर्ने भन्दै काठमाडौं लागेकी हुन् ।
एमालेबाट निर्वाचित दनुवार आज बिहान एति एयरलाइन्सको विमानमार्फत काठमाडौं आएकी हुन् ।

दनुवार स्वास्थमा एक्कासि समस्या आएको भन्दै कांग्रेससा सांसद इस्राइल मन्सुरीलाई बैठक सञ्चालन गर्ने जिम्मा दिएर काठमाडौं आएकी हुन् । मन्सुरीले बैठक सञ्चालन गरे मुख्यमन्त्री थापाले विश्वासको मत पाउँदैन । किनकी प्रदेश सभामा बहुमतको लागि ४७ मत आवश्यक पर्छ । गठन्धनको मस्नुरीसहित ४७ मत छ ।

त्यस्तै एमालेका ६ जना र राप्रपाका २ जना जेष्ठ सांसदहरूले पनि आफुहरु प्रदेश सभामा उपस्थित हुन नसक्ने भन्दै निवेदन दिएका छन् । बैठकमा उपसभामुख र विपक्षी दलका जेष्ठ सांसद अनुपस्थित हुने भएपछि मुख्यमन्त्री थापा नेतृत्वको सरकार संकटम पर्ने देखिन्छ ।

थापा साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । संवैधानिक व्यवस्था अनुसार उनले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार