राजनीति
संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको छ ।
सोमबार बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो ।
समितिले सुनुवाइपश्चात् श्रेष्ठको नाम अनुमोदन गरेको छ । सुनुवाई समितिले अनुमोदन गरेपछि अब राष्ट्रपतिले श्रेष्ठलाई प्रधानन्यायाधीशमा नियुक्त गर्नेछन् ।