logo शुक्रबार, असोज २३ २०८३ | Friday 9th October 2026

नुवाकोटमा जिप दुर्घटना, एक जनाको मृत्यु


  • राजनीति
  • सोमबार, भाद्र ४ २०८०

नुवाकोटको बिदुर नगरपालिका १० शुभघाटमा आज बोलेरो जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बोलेरोमा सवार चितवनको भरतपुर महानगरपालिका ३ का ५५ वर्षीय होम बहादुर वस्नेत रहेका छन् ।

दुर्घटनामा गम्भीर घाइते भएका वस्नेतलाई उपचारका लागि त्रिशुली अस्पताल पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका हुन् ।

बागमती प्रदेश ०१-००२ झ ६० ५६ नम्बरको बोलेरो जिप आज बिहान ९ बजे अनियन्त्रित भइ पल्टिएको थियो ।

जिप सहित चालकलाई भने नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार