राजनीति
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले विवादास्पद रुपमा विश्वासको मत लिएका छन् । सोमबारको प्रदेश सभा बैठकबाट मुख्यमन्त्री थापाले विश्वासको मत लिएका हुन हुन्।
कोशीमा ९३ जना सांसदमध्ये ७७ जना आज उपस्थित थिए। मुख्यमन्त्री थापाका पक्षमा ४७ मत प्राप्त भएको र विपक्षमा ३० मत प्राप्त भएको हो। मुख्यमन्त्री थापाले विश्वासको मत प्राप्त गरेको ज्येष्ठ सदस्य इस्राइल मन्सुरीले घोषणा गरेर सुनाए।
मन्सुरीले मतदान गरेपछि एमाले सांसदले नाराबाजी गरेका थिए । थापा गत साउन १६ मा मुख्यमन्त्री नियुक्त भएका हुन् ।