राजनीति
प्रधानन्यायाधीशमा विश्वम्भरप्रसाद श्रेष्ठ नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले श्रेष्ठलाई सोमबार साँझ प्रधानन्यायाधीशमा नियुक्त गरेका हुन् ।
आजै दिउँसो बसेको संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठलाई प्रधानन्यायाधीशमा सर्वसम्मत अनुमोदन गरेको थियो ।
सोमबार बसेको बैठकले संसदीय सुनुवाइपछि श्रेष्ठको नाम सर्वसम्मत अनुमोदन गरेको हो । संवैधानिक परिषद्को बैठकले श्रेष्ठलाई प्रधानन्यायाधीशमा सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले सुनुवाइ प्रक्रिया सुरु गरेको थियो ।
श्रेष्ठ अब २०८१ मंसिर २१ गतेसम्म सर्वाेच्च अदालतको प्रधानन्यायाधीश रहनेछन् । उनी ३० औँ प्रधानन्यायाधीश हुन् ।
