logo शुक्रबार, कार्तिक २८ २०८३ | Friday 13th November 2026

थापा र राणाबीच डेढ घण्टा वार्ता ! आखिर के भयो त सहमति ?


  • राजनीति
  • मंगलबार, कार्तिक २० २०७५

काठमाडौं –  पटकपटक जुटेर फुटेका राप्रपाबीच पुनः एकताका लागि पहल भएको छ। राप्रपा अध्यक्ष कमल थापा र राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपतिशमशेर जबराबीच मंगलबार एकताकै सन्दर्भमा भेटवार्ता भएको हो।

राणाको निवास महाराजगञ्जमा बिहान ८ बजेदेखि भएको वार्ता साढे ९ बजेसम्म चलेको थियो।

‘देशलाई बलियो राष्ट्रवादी प्रजातान्त्रिक शक्तिको आवश्यकतालाई ध्यान दिइ समान विचारधारा भएका दलहरूका बीचमा एकता र सहकार्य गर्ने नीति अनुसार’ दुई नेताबीच भेटघाट र वार्ता भएको प्रेस नोटमा जनाइएको छ, ‘एकताका लागि आज भएको दुई अध्यक्ष बीचको वार्ता सकारात्मक रहेको छ, एकता प्रक्रियालाई टुंगोमा पुर्‍याउन वार्ता जारी रहनेछ।’

अन्तिम पटक २०७३ मंसिर ५ मा राप्रपा नेपाल र राप्रपाबीच एकता भएको थियो। तर ८ महिना नहुँदै २०७४ साउन २२ मा थापा र राणा फुटे । राणाले अध्यक्ष थापाको व्यवहारमाथि असन्तुष्टि देखाएर पार्टी विभाजन गर्दै राप्रपा (प्रजातान्त्रिक) नामक नयाँ पार्टी बनाउने निर्णय गरे भने कमल थापाले राप्रपाको ‘ब्रान्ड’ हात पारे।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार