राजनीति
राष्ट्रपति रामचन्द्र पौडेलले बोलाएको सर्वदलीय बैठक शितलनिवासमा जारी रहेको छ । समसामयिक राजनीतिक विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले बोलाएको सर्वदलीय बैठकमा प्रमुख विपक्षी दल एमालेका नेताहरू भने अनुपस्थित भएका छन् ।
सुन तस्करी प्रकरणको अनुसन्धान गर्न उच्चस्तरीय छानबिन समितिको माग गर्दै एमालेले साउन १० गतेदेखि संसद अवरुद्ध गर्दै आएको थियो । संसद अवरोध खुलाउने विषयमा चासो राख्दै राष्ट्रपति पौडेलले सर्वदलीय बैठक आह्वान गरेका हुन् ।
यस अघि पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, एमाले अध्यक्ष केपी शर्मा ओली र रास्वपाका सभापति रवि लामिछानेसँग छलफल गरेका थिए ।
सोमबार साँझ प्रधानमन्त्रीले बोलाएको राष्ट्रिय मान्यताप्राप्त दलका शिर्ष नेताहरुबीच भएको छलफल पछि छनबिन समिति बनाउने सहमति भएको छ । यो सहमतिसँगै अब संसद बैठक सुचारु हुने बताइएको छ ।
आज दिउँसो ३ बजे प्रतिनिधि सभा बैठक बस्दैछ।