राजनीति
कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले असंवैधानिक रुपमा विश्वासको मत लिएको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सर्वाेच्च अदालतमा रिट दर्ता गरेको छ ।
एमाले कोशी प्रदेशका संसदीय दलका नेता हिक्मत कार्कीले बुधवार कोशी प्रदेशका प्रमुख पर्शुराम खापुङ, मुख्यमन्त्री थापा र भदौ ४ मा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरी, अध्यक्ष मण्डकी सदस्य गीता तिम्सिना र प्रदेशसभा सचिवालयलाई प्रतिवादी बनाएर रिट दर्ता गरेका हुन् ।
भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्षको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको उनको दाबी छ ।
यस अघि पनि थापाले विश्वासको मत लिँदा सभामुख बाबुराम गौतमले मतदान गरेपछि सर्वोच्च अदालतले थापालाई पदमुक्त गरेको थियो । त्यसपछि थापा पुनः साउन १६ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए ।
फेरी भदौ ४ गते उनले विश्वासको मत लिंदा सभाको अध्यक्षता गरेका इस्राइल मन्सुरीले पनि मतदान गरेपछि एमाले सर्वोच्च अदालत पुगेको हो ।