राजनीति
बाजुरामा काठे पुल भाँचिदा एक युवक बेपत्ता भएका छन् ।
जिल्लाको बूढीनन्दा नगरपालीका– ३ लौठारुख का २७ वर्षीय गंग लुहार घोडाकोट खोलामा रहेको काठे पुल भाँचिदा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले बताएको छ ।
प्रहरीका अनुसार काठे पुलमा भैसी र पाडो तार्ने क्रममा अचानक पुल भाँचिदा गंग पनि खोलामा खसेका हुन् ।
भैसी जिउँदै अवस्थामा खेला किनारामा फेला परेको छ भने बेपत्ता भएका गंगको खोजी कार्य भैरहेको प्रहरीले जनाएको छ ।