logo बिहिबार, कार्तिक २० २०८३ | Thursday 5th November 2026

कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्वको निर्णय नगर्न सर्वोच्चको अन्तरिम आदेश


  • राजनीति
  • बिहिबार, भाद्र ७ २०८०

सर्वोच्च अदालतले कोशी प्रदेश सरकारविरुद्धको रिटमा अन्तरिम आदेश जारी गरेको छ ।

न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले कोशी प्रदेश सरकारलाई दीर्घकालीन महत्त्व र दूरगामी असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश जारी गरेको हो । सर्वोच्चले भदौ १५ गते पेसी तोक्न आदेश दिनुको साथै सो अवधिसम्म लिखित जवाफ पेश गर्न र १३ भदौ भित्र मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मत लगातका विवरण पेस गर्न आदेश दिएको छ ।

भदौ ४ गते मुख्यमन्त्री उद्धव थापाले कोशी प्रदेशसभामा विश्वासको मत परीक्षण गर्दा सभाध्यक्ष इस्राइल मन्सुरीको मत प्रयोग गरेर विश्वासको मत पाएको घोषणा गर्नु गैरसंवैधानिक भएको भन्दै प्रमुख प्रतिपक्षी दल एमालेले सर्वोच्च आदालतमा बुधबार रिट दर्ता गरेको थियोे ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार