राजनीति
भारतको राजधानी नयाँदिल्लीस्थित प्रगति मैदानमा भोलिदेखि जी-२० सम्मेलन हुँदैछ। दुई दिन चल्ने सम्मेलनमा चीन र रसियाका राष्ट्रपति सहभागी नहुने भएका छन्।
युरोपेली संघसहित १९ वटा विशाल अर्थतन्त्र भएका राष्ट्रको अन्तर सरकारी संगठनको नामले चिनिएको जी-२० शिखर सम्मेलनमा चिनियाँ राष्ट्रपति सी जिङपिङ र रसियाका राष्ट्रपति भ्लादिमिर पुटिन सहभागी नहुने विषयले चर्चा पाएको छ।
तर विश्वकै दुई ठूला राष्ट्रप्रमुखको अनुपस्थितिले बिशेष खालको अर्थ र प्रश्न उब्जिने अनुमान गरिएको छ ।