logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

क्रिकेटका महारथी पाकिस्तान र भारत आज भिड्दै


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

आइतबार क्रिकेट का दुई शक्तिशाली देश भारसित र पाकिस्तान भिड्दैछन । जारी एसिसी एसिया कप २०२३ मा दोस्रोपटक आज पाकिस्तान र भारतबीच प्रतिस्पर्धा हुँदै छ । सुपर फोरको यो खेल कोलम्बोस्थित प्रेमदासा मैदानमा नेपाली समयअनुसार सवा तीन बजे सुरु हुनेछ । एकदिवसीय खेलको शीर्ष स्थानमा रहेको पाकिस्तानको कप्तानी बाबर आजमले गर्नेछन् । बाबर ब्याटिङतर्फ विश्व वरीयताको एक नम्बर खेलाडी हुन् । बाबरलाई फखर जमान, इमाम उल हक, मोहम्मद रिजवान, अघा सलमान, इफ्तिखर अहमेदलगायतले ब्याटिङमा साथ दिनेछन् । बलिङतर्फ साहिन साह अफ्रिदी, नसिम शाह, हरिस राउफजस्ता खेलाडी हुनेछन् ।

विश्व वरीयताको तेस्रो स्थानका रहेको भारतको कप्तानी ओपनर रोहित शर्माले गर्नेछन् । रोहितलाई शुभमन गिल, विराट कोहली, श्रेयस ऐयर, ईशान किशन, हार्दिक पाण्ड्याले ब्याटिङमा साथ दिनेछन् । यसैगरी, बलिङतर्फ मोहम्मद सामी, मोहम्मद सिराज, कुलदीप यादव र रवीन्द्र जडेजाले पाकिस्तानी ब्याटरलाई चुनौती दिनेछन् । अघिल्लो खेलमा टोलीबाहिर रहेका जसप्रित बुम्राह फर्कन सक्छन् । यसअघि दुवै टोलीले समूह ‘ए’मा नेपाललाई हराउँदै सुपर फोरमा स्थान बनाएका थिए ।

पाकिस्तान र भारतबीचको खेल भने वर्षाले प्रभावित हुँदा अंक बाँडिएको थियो । वर्षा हुनुअघि भारतले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै दुई सय ६६ रन बनाएको थियो । पाकिस्तानका तीव्र गतिका बलर अफ्रिदीले चार तथा नसिम शाह र हरिस राउफले समान तीन विकेट लिँदा भारतले ठूलो स्कोर बनाउन सकेन । अत्यधिक वर्षा भएपछि दोस्रो इनिङ्स सुरु हुनै सकेन । यसपछि दुवै टोलीले समान एक अंक बाँडेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार