logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

चिन भ्रमण फलदायी र सफल हुन्छ : प्रधानमन्त्री दाहाल


  • राजनीति
  • आइतबार, भाद्र २४ २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो चीन भ्रमण फलदायी र प्रभावकारी हुने बताएका छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर उतैबाट चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री दाहालले सम्भावित एजेण्डबारे सुझाव लिन आइतबार बिहान बैठक बोलाएका थिए।

सुझाव ग्रहणपछि प्रधानमन्त्री दाहालले आसन्न चीन भ्रमणलाई बढिभन्दा बढी फलदायी बनाउने प्रयास गरिरहेको बताएका छन्। उनले भने,’तपाईंहरूले दिनुभएको सुझावलाई मनन् गर्दै एजेण्डाहरू तय गरेर भ्रमण प्रभावकारी बनाउने कोसिस गर्नेछु।’

पूर्वप्रधानमन्त्री एवं परराष्ट्रमन्त्रीहरूले चीन भ्रमण जानुअघि उसँग विगतमा भएका सम्झौताहरूको कार्यान्वयनको अवस्था समीक्षा गर्न आवश्यक रहेको बताए। उनीहरूले नेपालको असंलग्न परराष्ट्र नीतिबारे छिमेकीलाई विश्वास दिलाउनुपर्ने,सन्तुलित कुटनीतिक सम्बन्ध कायम गर्नुपर्ने,एकअर्काको सुरक्षालगायत दुईपक्षीय चासोका विषयलाई ध्यानमा राख्न सुझाव दिएका थिए।

जवाफमा प्रधानमन्त्री दाहालले सरकारले छिमेकीलगायत विश्वका सबै मुलुकहरूसँग सन्तु्लित सम्बन्ध राख्ने र आफू नेपालको असंलग्न परपराष्ट्र नीतिमा दृढ रहेको बताएका थिए।

यसैगरी प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको महासभामा नेपालले गरिरहेको शान्ति प्रक्रिया र विकासका प्रयास,जलवायु परिवर्तनले पारेको असरलगायत विषयमा जानकारी गराउने बताए।

प्रधानमन्त्री दाहालले बोलाएको छलफलमा पूर्वप्रधानमन्त्रीहरू केपी शर्मा ओली,शेरबहादुर देउवा,माधवकुमार नेपाल,लोसपाका अध्यक्ष महन्थ ठाकुर,जनमत पार्टीका अध्यक्ष सीके राउत,जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी,नेमकिपाका सचिव प्रेम सुवाल,पूर्वपरराष्ट्रमन्त्रीहरू रमेशनाथ पाण्डे,प्रकाशचन्द्र लोहनी,प्रदीपकुमार ज्ञवाली,बिमला पौडेललगायत सहभागी थिए।

प्रधानमन्त्री दाहाल आगामी भदौ ३० गते संयुक्त राष्ट्र संघको महासभामा भाग लिन न्युयोर्क जाँदै छन्। उतैबाट चीन भ्रमणमा जाने कार्यतालिका छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार