logo आइतबार, साउन १७ २०८३ | Sunday 2nd August 2026

गृहका १० सहसचिव सरुवा, काे कहाँ पुगे हेर्नुस्


  • राजनीति
  • सोमबार, भाद्र २५ २०८०

गृह मन्त्रालयले अध्यागमन विभागको महानिर्देशकमा सहसचिव रुद्रसिंह तामाङको सरुवा गरेको छ । विभागका यसअघिका महानिर्देशक झलकराम अधिकारी सुन तस्करी प्रकरणमा मन्त्रालय तानिएका थिए ।

अध्यागमन विभागका महानिर्देशक अधिकारी मन्त्रालय तानिए
सुन तस्करीमा संलग्न भनिएका चिनियाँ नागरिक दावा छिरिङसँग अधिकारीको वी–च्याटमा भएको संवाद बाहिरिएको थियो । त्यससँगै उनी मन्त्रालय तानिएका थिए । त्यसपछि मन्त्रालयले अध्यागमनको डीजीमा तामाङलाई सरुवा गरेको हो ।

तामाङ राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा कार्यरत थिए । उनको ठाउँमा गृह मन्त्रालयमा कार्यरत सहसचिव जयनारायण आचार्यलाई लगिएको छ ।

त्यस्तै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयका प्रमुख अध्यागमन अधिकृत सहसचिव गणेश अर्यालको पनि सरुवा भएको छ । अर्याललाई रुपन्देहीको सीडीओ बनाइएको छ ।

उता दैलेखका प्रमुख जिल्ला अधिकारी गोगन बहादुर हमाललाई सरुवा गरी त्रिभुवन अनर्तराष्ट्रय विमानस्थल अध्यागमन कार्यालयको प्रमुख अध्यागमन अधिकृतमा सरुवा गरिएको छ ।

रुपन्देहीका सीडीओ भरतमणि पाण्डेलाई गृहले मन्त्रालय वा अन्तर्गत ल्याएको छ भने गृह मन्त्रालयका सहसचिव शिवराम गेलाललाई महोत्तरीको सीडीओमा सरुवा गरिएको छ । महोत्तरीका सीडीओ दीपक कुमार पहाडीलाई गृह मन्त्रालयमा ल्याइएको छ ।

त्यस्तै भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्र प्रसाद रिजाललाई गृह मन्त्रालयमा सरुवा गरी बागलुङका सीडीओ रोशनी कुमारी श्रेष्ठलाई भक्तपुरको सीडीओ बनाइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार