राजनीति
कास्कीबाट सासंसद बनेका तत्कालीन राष्ट्रिय स्वतन्त्र पार्टीका नि वर्तमान सासंद डाक्टर ढाकाकुमार श्रेष्ठले आफुसंग पार्टीले स्वास्थ्य मन्त्रीको आश्वासन दिएर ३ कराेड रुपैयाँ मागेको बताएको छन् ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग पैसा मागेको अडियो बाहिरिएपछि सांसद पद गुमाएका रास्वपाका नेता डा. ढाकाकुमार श्रेष्ठले उक्त प्रकरणबारे मुख खोलेका हुन् । उनले आफूलाई मन्त्री बनाउनका लागि त्यतिवेला कोर टिमबाट पैसा माग्ने व्यक्तिको नाम खुलासा गरेका छन् । एउटा टेलिभिजन मा सासंद पद गएपछि अन्तरवार्ता दिदै श्रेष्ठले पत्रकार ऋषि धमलासँग कुरा गर्दै श्रेष्ठले यस्तो खुलासा गरेका हुन् ।

उनले आफूसँग केन्द्रीय सदस्य मोहनजंग थापाले तीन करोड रकम मागेको खुलासा गरेका हुन् । उनले त्यतिवेला आफूले पार्टी जोगाउनको लागि कोर टिमको नाम खुलासा नगरेको दाबी गरे । उनले आफूले रास्वपालाई सुरुदेखि नै हुर्काएको बताए । मोहनजंग थापाले आफ्नो मान्छे पठाएर सामाखुशीमा भेटेर पैसाको डिमाण्ड गरेको खुलासा गरे ।
उनले मोहनजंग थापा र उनले पठाएको मान्छेसँगको कल डिटेल निकाल्नपनि सकिने बताए । उनले पैसा माग्ने पार्टीका मान्छेले आफूसँग दौरा सुरुवाल सिलाउनु भयो भने पनि मन्त्रिपरिषद् विस्तारको बेलामा मेसेज गरेको खुलासा गरे ।
डाक्टर श्रेष्ठले तत्कालीन अवस्थामा पार्टीलाई जाेगाउ आफुले मुख नखाेलेकाे पनि बताए उनले भने बच्चा जस्तो गरेर पार्टीलाई हुर्काए पार्टीको माया लाग्छ तर साेझा मान्छेलाई अनेकौं षड्यन्त्र गरेर सफाइदाे रहेछ, उनी टेलिभिजन मै भक्कानी । हेर्नुस् नेपाल यस्तै रहेछ यहाँ साेझा मान्छेलाई जसरी पनि सफाइदाे रहेछ ।