राजनीति
नेकपा एमाले उपाध्यक्ष तथा पुर्व सभामुख सुवासचन्द्र नेम्वाङकाे राती १ बजे हृदयाघात का कारण निधन भएको छ । उनलाई त्रिवि शिक्षण अस्पताल पुगाए लगत्तै डाक्टरहरुले मृत्यु घाेषणा गरेका थिए ।
इलामबजार नजिकै सुन्तलाबारीमा जन्मिएका नेम्वाङ इलाम २००९ फागुन १८ गते जन्मिएका नेम्वाङले नेम्वाङ इलाम क्याम्पसमा पढ्दा अनेरास्ववियुमा लागेर २०२९ सालमा कम्युनिस्ट राजनीतिमा आएका थिए । २०३३ सालमा राजद्रोह मुद्दामा उनी केही समय जेल परेका थिए । त्यसपछि उनी सक्रिय राजनीतिमा प्रवेश गरेका थिए ।
संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङ यसअघिको व्यवस्थापिका संसदमा पनि सभामुख थिए। त्यसअघि २०४८ र २०५२ मा गरी उनले दुई पटक राष्ट्रिय सभाको अध्यक्षको जिम्मेदारी सम्हालिसेका थिए । २०५६ को संसदीय निर्वाचनमा विजयी नेम्वाङ कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री, सामान्य प्रशासन मन्त्री र संसदको सार्वजनिक लेखा समितिको अध्यक्ष समेत भइसकेका हुन् । नेकपा(एमाले)को केन्द्रीय उपाध्यक्ष र कानुन विभाग प्रमुख रहेका नेम्वाङ संविधानसभा सभासदमा इलामबाट निर्वाचित भएका थिए ।
कानुन व्यवसायीका रूपमा परिचित र प्राध्यापनमा समेत संलग्न रहिसकेका नेम्वाङले नेपाल बार एसोसिएसनको महासचिवको जिम्मेदारी सम्हालिसकेका थिए। उनी २०२९ सालमा अनेरास्ववियुको अध्यक्ष भएको थिए। विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेका नेम्वाङ २०३३ सालमा राजकाज मुद्दामा जेल परेका थिए । उनले त्रिभुवन विश्वविद्यालयबाट कानुनमा स्नातक गरेका थिए । अध्ययन र समाजसेवामा उनको रुचि छ। उनका दुई छोरा र दुई छोरी छन्। अघिल्लो निर्वाचन पछि जनतालाई पुर्याएको सेवा र जनता सँगको निकट संबन्धले आफूलाई विजयी बनाएको ठान्ने सुवासचन्द्र नेम्वाङ संविधानसभामा सङ्घीय एवं समावेशी लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न क्रियाशील रहका थिए ।
विद्यार्थी छँदा नै राजनीतिमा लागेका नेम्बाङ सालमा कम्युनिष्ट पार्टीमा प्रवेश गरेका हुन्। उनी नेकपा(एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री बनेका थिए। २०६४ को संविधान सभा निर्वाचनमा इलाम जिल्ला क्षेत्र नं. २ बाट निर्वाचित भै संविधान सभाको अध्यक्षको रूपमा कार्यरत थिए । २०४८ र २०५२ सालमा राष्ट्रिय सभाको सदस्य भएका उनी मनमोहन अधिकारी नेतृत्वको पहिलो कम्युनिस्ट सरकारमा कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्री भएका थिए ।
२०५६ को निर्वाचन जितेर उनी सार्वजनिक लेखा समिति सभापति बनेसँगै तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला तथा पर्यटन तथा नागरिक उड्डययन मन्त्री तारिणीदत्त चटौत जोडिएको चर्चित लाउडा कान्ड छानबिन गरेर चर्चामा आएका थिए ।
उनी जनआन्दोलन ०६२– ०६३ सँगै पुनस्र्थापित संसदका सभामुख बनेका थिए । २०६४ र २०७० मा पनि इलामबाट चुनाव जितेर संविधानसभाको अध्यक्ष भएका थिए । चारपल्ट सभामुख बन्दा उनी सधैं सर्वसम्मत भएका थिए ।
नेम्वाङका श्रीमती दुई छाेरा र दुई छाेरी छन् । कानुनमा स्नातक (बीएल)त्रिभुवन विश्वविद्यालयबाट कानुन पढेका उनले केही बर्ष नेपाल ल क्याम्पसमा अध्यापन पनि गराएका थिए । पूर्वसभामुख समेत रहेका नेम्वाङ २०५६ सालयता इलामबाट लगातार चुनाव जितेर सांसद् रहँदै आएका थिए । उनी हाल नेकपा एमाले संसदीय दलको उपनेता समेत थिए ।
सालिन भद्र व्याक्तित्व भएका नेम्वाङ एमाले भित्र लाेकप्रिय छवि बनाएका नेता हुन् । उनलाई एमाले भित्र मात्रै नभइ उनकाे व्याक्कित्वका कारण प्रायःजसो ले मन पराउने नेताभित्र नेम्वाङ पर्दछन् । नेम्वाङ सभामुख भएको बेला नै नेपाल मा पहिलो संविधान सभा भयर संविधान जारी भएको थियोे ।
२०८० साल भाद्र २५ गते राती १ बजे हृदयाघातका कारण त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ७० बर्षकाे उमेरका उनकाे निधन भएको छ ।