logo सोमबार, साउन १८ २०८३ | Monday 3rd August 2026

मेस्सी भेट्ने चाहाना पूरा नभइ अस्ताए नेम्वाङ


  • राजनीति
  • मंगलबार, भाद्र २६ २०८०

संविधानसभा का अध्यक्ष तथा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङकाे फुटबल स्टार लियाेनेल मेसी भेट्ने चाहाना अधुरै रहेकाे छ। गतराती हृदयाघातका कारण निधन भएका नेता नेम्वाङ फुटबल खेलसँगै अर्जेन्टिना र लियोनेल मेस्सीका फ्यान थिए । संविधान सभाका अध्यक्ष सुवास नेम्वाङ । उनी मेस्सीले खेल्ने हरेक खेल हेर्न छुटाउँदैन थिए ।

गत मंसिर ४ मा सम्पन्न चुनावकाे बेला उनी उम्मेदवार रहेको इलाम क्षेत्र नम्बर–२ को मतगणना चलिरहँदा नेम्वाङ भने विश्वकपमा मेस्सीको खेल हेर्न व्यस्त थिए । राति विश्वकपमा मेस्सीको गोलमा अर्जेन्टिनाले मेक्सिकोलाई हरायो, बिहान नेम्वाङले नेपाली कांग्रेसका डम्बरबहादुर खड्कालाई हराउँदै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भए । चुनाव जितेपछिको पहिलो भाषणमा नेम्वाङले मेस्सी र आफूसँगै जितेकोमा खुसी व्यक्त गरेका थिए ।

नेकपा एमालेका उपाध्यक्ष समेत रहेका नेता नेम्वाङ चुनावी चहलपहलकै बीचमा मंगलबार विश्वकप फुटबल हेर्न कतार जाने तयारीमा थिए । सोही तयारी अनुसार नेम्वाङ सोमबार इलामबाट काठमाडौँ पनि आएका थिए । तर काठमाडौँ ओर्लिएसँगै उनको कतार यात्रा रोकियो । कारण थियो, नेपालको तरल राजनीति ।

‘मलाई फुटबल खुब मनपर्छ । अहिले विश्वकप फुटबल कतारमा भइरहेको छ । त्यसमा अर्जेन्टिना र मेस्सीका कारण म आकर्षित हुने नै भएँ । त्यही भएर अर्जेन्टिना र मेस्सीको खेल हेर्न मंगलबार बेलुका कतार जाने मेरो कार्यक्रम थियो । तर देशको स्थिति र मैले तुरुन्तै फर्केर इलामका मतदाताहरुलाई धन्यवाद दिन जानुपर्ने भएकाले पूर्व निर्धारित कार्यक्रम रद्द गरे’, नेम्वाङले भने, ‘त्यही कारण यसपटक टेलिभिजनबाटै हेर्नेमा पुगेको छु ।’

विश्वकपमा समूह सी अन्तरगत पोल्याण्ड र अर्जेन्टिनाबीचको खेल बुधबार राती हुदैथियाे । आजको खेलबाट अर्जेन्टिना नकआउट चरणमा प्रवेश गर्छ कि गर्दैन भन्ने टुंगो लाग्दै थियाे ।

नेम्वाङले पूर्व निर्धारित कार्यक्रम अनुसार आफू कतार गएको भए त्यहाँ मेस्सीलाई प्रत्यक्ष भेटघाट समेत हुने सम्भावना भएको सुनाएका थिए । तर त्यो सम्भावना अहिले टरेको उनको भनाई थियाे । ‘जहाँनेर मेरा लागि ठाउँ बुक भएको थियो, त्यहाँ मेसी पनि आउँने भन्ने थियो, तर म आफै नगएपछि च्याप्टर नै क्लोज भैगयो’, नेम्वाङले भनेका थिए ।

नेम्वाङले अर्जेन्टिनी स्टार मेस्सी भेट्न विश्वकपमा नपाए पनी समय मिलायर पिएसजीकाे खेल हेर्न पेरिस जाने र मेस्सीलाइ भेट्ने बताएका थिए । तर नेम्वाङकाे मेस्सी भेट्ने चाहाना अधुरै रह्याे अनि सदाका लागि अस्ताए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार